राजनीति

सरकारले ल्याएको नीति तथा कार्यक्रमले भ्रष्टाचार नियन्त्रण हुन सक्दैनः महामन्त्री थापा

१० जेठ, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारले ल्याएको नीति तथा कार्यक्रम विज्ञापन गर्ने अश्त्रमात्र भएको आरोप लगाएका छन् ।
आज सँसदको बैठकमा बोल्दै उनले, ‘हामीले उपचारात्मक विधिबाट मात्रै भ्रष्टाचारको अन्त्य गर्न सक्दैनौँ । यसका लागि अहिले निर्वाचनमा हुने खर्च प्रणालीदेखि निजामती, प्रहरी वा संवैधानिक आयोगको नियुक्त सम्ममा भ्रष्टाचार नियन्त्रण गर्ने नीति लिन सक्नुपर्छ’ भनेका छन् ।

काठमाडौं क्षेृत्र नम्बर ४ का प्रत्यक्ष निर्बाचित साँसद थापाले भनेका छन्, ‘सरकारले ल्याएको नीति तथा कार्यक्रममा १८८ बुँदा छ, यसमा सरकारको इच्छा, छ, समीक्षा छ, योजना छ, कार्यक्रम पनि छ । सबै चिज छ, तर राम्ररी हेर्‍यो भने केही पनि छैन । पहिले नीति तथा कार्यक्रममा छोटो हुन्थ्यो, अहिले लामो आउँछ । समयक्रममा यसलाई हामीले सरकारको विज्ञापन गर्ने अस्त्र बनाएका छौँ ।’
आजको बैठकमा गगनले सरकारले लयाएको भ्रष्टाचार नियन्त्रत्रण गर्ने नीतिले भ्रष्टाचार नियन्त्रणका लागि भूमिका खेल्न नसक्ने दाबी गरेका छन् । उनले के का लागि र कसका लागि नीति तथा कार्यक्रम ल्याईएको हो त्यो पनि स्पष्ट हुन नसकेको तर्क गरेका छन् ।