राजनीति

माओबादीले ओलीका पालामा पशुपतिमा सुनको भनेर पीत्तलको जलहरी लगाएको भनेपछि एमाले यसरी तात्यो संसदमा

१२ जेठ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पशुपतिको जलहरी पीत्तलको भनेर लगाईएको आरोपको खण्डन नभईकन नेकपा एमालेले संसद चल्न नदिने बताएका छन् ।
आजको संसद बैठक अबरुद्ध गर्दै उनले भने, ‘भ्रष्टाचारी जुनसुकै रूप र रंगका हुन्, जुनसुकै क्षेत्रका हुन्, सबै खालका भ्रष्टाचारीको मनोबल गिराउनुपर्ने अवस्था आएको छ । देशलाई भ्रष्टाचारमुक्त बनाएर अगाडि बढ्न नसक्ने हो भने हाम्रो समृद्धिको सपना पूरा हुनेवाला छैन । हामी विगतका भ्रष्टाचारका अनेक फाइलहरू खोजौँ, एक–एक भ्रष्टाचारमा संलग्नलाई कारबाहीको दायरामा ल्याऔँ भनिरहेका छौँ,

‘एमाले संसदीय दलका उपनेता सुवाश नेम्वाङले संसद यही अवस्थामा कुनै हालतमा एमालेले खोल्ने सम्भावना नरहेको बताए । उनले पश्न गर्दै भने, ‘यो आरोप मेरो पक्ष्ँमा, मेरो पार्टीमा प्रतिपक्षीको नेतामाथि आरोप लागेको छ, उहाँहरुले भनेपछि यो होला भन्ने हुन्छ । यति गम्भीर हो । यो आरोप टाउकोमा हामी कसरी प्रक्रियामा भाग लिन सक्छौं ?’

सभामुख देवराज घिमिरेले संसद सूचारु गर्न खोज्दासमेत नेकपा एमालेले सभामुखको आग्रहलाई मानेको अवस्था थिएन । माओबादी केन्द्रका साँसद लेखनाथ दहाललाई सुनको जलहरी भनेर केपी शर्मा ओलीको प्रधानमनत्रीत्वकालमा पीत्रल हालिएको आरोपछि एमालेले संसद अबरुद्धसमेत गर्न भ्याएको छ । साँसद दहालले भनेका थिए, ‘‘उहाँ (केपी ओली) सरकारमा बस्दा कति भ्रष्टाचारका काण्डहरु आए ? यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामाग्रीको दुई अर्बको भ्रष्टाचार। त्यति मात्रै होइन, पशुपति नाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचारहरु यस्ता सयौं, हजारौं भ्रष्टाचारका काण्डहरु छन् ।’