राजनीति

ओलीप्रति कटाक्ष गर्दै महामन्त्री शर्माले भने, ‘भूटानी शरणर्थी काण्डमा को दोषी भन्ने टुंगो अदालतले लगाउँछ’

१३ जेठ, काठमाडौं । सांसद विश्वप्रकाश शर्माले मुलुकको आर्थिक चुनौतीलाई पार लगाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांस शर्माले भने, “हिजो परिवर्तनका लागि एक ठाउँमा उभिएका राजनीतिक दलहरू आजको आर्थिक चुनौतीलाई पार लगाउन एक ठाउँ उभिन जरुरी छ । गणतन्त्र १५ वर्ष पुग्दै गर्दा आत्मसमीक्षा गरेर हामीले यसलाई आत्मसाथ गर्नुपर्छ।”

उनले नीति तथा कार्यक्रमले नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताए । “भौतिक प्रगतिको रटानले मात्रै हामीलाई भ्यूटावर खडा गर्न उस्काउँछ तर मान्छे बिर्साउँछ । भ्यूटावरका लागि रु डेढ अर्ब छुट्याउँदै गर्दा धनुषामा डेढ सय रुपैयाँको स्लाइनपानी लाउनसमेत नपाएर राजु सदाको मृत्यु भइरहेको छ”, उनले भने ।

सांसद शर्माले २००७ सालदेखिकै भ्रष्टाचारका फाइल खोली अनुसन्धान सुरु गरे । सांसद शर्माले झापाको दमकमा रहेको सुकुम्बासीको समस्या समाधान गर्न आग्रह गरे । उनले सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउन मागसमेत गरे ।

‘उनले बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्दोशलाई फसाउन खोजिएको भनेकोप्रति ईंगीत गर्दै भने, ‘यहाँबाट फैसला सुनाउनका लागि हामी न्यायाधीश होइनौं ।’ भूटानी शरणार्थीको काण्डको फैसला सर्बोच्च अदालतले गर्नै भन्दै अपहल्यै को कोषी र को निर्दोष भनेर संसदमा भन्ने अवस्था नरहेको उनले बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्दोशलाई भूटानी शरणार्थी को काण्डमा फसाउन खोजिएको आरोप लगाएका थिए ।