राजनीति

जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेको अनुसार जब हुँदैन तर यस्तो पद्धती टिक्दैनः पुर्व राजा शाह

१३ जेठ, सुर्खेत । पुर्व राजा ज्ञानेन्द्र शहले जनता र देशले ओजेको शासन पद्धती आवश्यक रहेको बताएका छन् । उनले नागरीक अभिनन्दनका लागि गठन गरिएका १००८ सदस्यीय समितिको कार्यक्रममा भाग लिन आएका पुर्व राजा शाहले जुनसुकै प्रणली लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, वैज्ञानिकवाद, भौतिकवाद जे जे शब्द भने पनि मूल कुरा देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान नै भएको जिकिर गरेका छन् ।
उनले ‘जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेको अनुसार जब हुँदैन, तब त्यस्तो पद्धति केही समयको बिकाऊ मात्र हुन्छ, टिकाउको हुँदैन भन्दै अब विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर गरिने सुशासन र विकास भएको स्पष्ट गरेका छन् ।

‘राष्ट्रवाद फष्टाउनलाई राष्ट्रप्रेम चाहिन्छ । नेपालको पीर मर्का बुझ्न नेपाली मुटुले मात्र सक्छ’ पूर्वराजा शाहले भने, ‘अब सोचौं के गर्दा फाइदा हुन्छ, के नगर्दा देशलाई फाइदा हुन्छ ?’ पुर्व राजा शाह कोमल शाह र हिमानीसाहलाई साथमै लिएर उक्र कार्यक्रममा गएका छन् ।