राजनीति

राजाबाट भन्दा दलहरुको गलत कार्यशैलीका कारण गणतन्त्र खतरामा: बरिष्ठ नेता डा कोईराला

१५ जेठ, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले गणतन्त्र राजनीतिक दलहरुबाटै खतरामा परेको बताएका छन् ।
उनले ललितपुरको एक कार्यक्रममा बोल्दै राजाबाट भन्दा गणतन्त्र जिम्मेवार राजनीतिक दलहरुबाटै खतरा भएको बताएका हुन् ।
आज गणतन्त्र दिवशको अवशरमा बोल्दै भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन दिन, विधिको शासनमा देशलाई हिँडाउन, महँगी नियन्त्रण गर्न नसक्दा जनतामा सरकार र राजनीतिक दलहरुप्रति बितृष्णा श्रजना भएको र उक्त बितृष्ण हटाउन दलहरुले लाग्नुपर्ने बताएका छन् ।
उनले भनेका छन् ‘राजाका गतिविधि हुने बित्तिकै गणतन्त्र खतरामा पर्ने भयो भनेर भन्छौं तर उनीबाट होइन, यदि गणतन्त्र खतरामा कसैबाट छ भने राजनीतिक दलहरुबाटै छ ।’
बरिष्ठ नेता डा कोईरालाले ललितपुर क्षेत्र नम्बर १ को सम्मेलनमा बोल्दै उनले दलहरुको कार्यशैली ठीक नभएका कारण जनता गणतन्त्रप्रति नकारात्मक भएको जीकीर गरेका छन् । डा कोईराला प्रमुख अतिथी भएको कार्यक्रममा नेताहरु उदय शम्सेर राणा, जगदीश्वरनरसिंह केसीलगायतले बोलेका थिए ।