राजनीति

रेशम चौधरीको आममाफी अदालतको फैसलाबिरुद्धको बलमिच्याईँ होः महामन्त्री थापा

१५ जेठ, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले रेशम चौधरीलाई आम मार्फी दिने कार्य अदालतमाथीको बलमिच्याई भएको बताएका छन् ।
उनले ललितपुरको एक कार्यक्रममा बोल्दै अदालतले गरेको फैसलाका बिरुद्धमा के गर्ने भनने कानूनमा लेखिएको भन्दै त्यसमा राष्ट्रपति वा सरकारले कानूनभन्दा बाहिर काम गर्न नहुने बताएका छन् ।
उनले कार्यक्रममा भनेका छन् ‘मेरो परिवारको सदस्यलाई कानूनले समात्दा मलाई के लाग्छ, यो कानूनमा यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने लाग्छ। मेरो परिवारको सदस्यलाई दण्ड नभइदिएको भए हुन्थ्यो भन्ने हुन्छ। तर कानूनको शासनले के भन्छ, कानूनको शासनले तपाईको इच्छा के छरु तपाईको चाहना के छरु तपाईको आवश्यक्ता के छरु त्यसका आधारमा निर्णयहरु हुँदैनन्। त्यसको एउटा प्रक्रिया हुन्छ। नेपालको कानूनले कुनैपनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ की हुँदैन भनेर कानूनले बन्दोबस्त गरेको छ। त्यो कानूनको बन्दोबस्त भन्दा बाहिर कोही पनि जान पाइँदैन। आज सरकारलाई मन लाग्यो, सरकारले निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो, यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन। यो गणतन्त्र हो।’
गणतन्त्र दिवशको अवशरमा हिजो सरकारले गरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजीवन काराब्ँस सजाय सुनाईएका रेशम चँैधरीलाई आम माफी दिएपछि सर्बत्र बिरोध भईरहेका बेला काँग्रेस महामन्त्री थापाले पनि असन्तुष्टी पोखेका हुन् ।