समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

१७ जेठ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भेटवार्ता भएको छ । सो भेटमा प्रधानमन्त्री दाहालले आजदेखि हुने आफ्नो मित्रराष्ट्र भारतको औपचारिक भ्रमणबारे जानकारी गराएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। भेटमा परराष्ट्र सचिव भरतराज पौड्यालसमेत सहभागी थिए।

चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री आज भारत प्रस्थान गर्दै छन्। प्रधानमन्त्री दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्याह्न १ः२५ बजे प्रस्थान गर्नेछन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल यही जेठ २० गते साँझ स्वदेश फर्कने कार्यसूची छ ।