अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्रीद्वारा कोसोभर र सर्बियाका नेताहरूलाई तनाव कम गर्न आग्रह

१८ जेठ, ओस्लो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार कोसोभर र सर्बियाका नेताहरूलाई तनाव कम गर्न आग्रह गरेका छन्।

विदेशमन्त्री ब्लिन्केनले तनाब बढाउँने खालका यस्ता कदमबाट उनीहरूले युरोपेली एकीकरणको आकाङ्क्षालाई जोखिममा पार्ने चेतावनी पनि दिएका छन्।

‘हामी कोसोभो र सर्बियाका सरकारहरूलाई तनाव कम गर्न तत्काल कदम चाल्न आह्वान गर्दछौं’ ब्लिन्केनले ओस्लोमा नेटो वार्तामा पत्रकारहरूबीच भनेका छन् ।