राजनीति

हामी सधैँ नकारात्मक र आलोचक मात्रै होइनौं , भारत भ्रमणबाट सोचेको भन्दा धेरै उपलब्धी भयोः प्रधानमन्त्री

२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहालले भारत भैमणमा आफुले सोचेजस्तै उपलब्धि भएको बताएका छन् ।

उनले भारतको चार दिने भ्रमण सम्पन्न गरी आज नेपाल फर्किएका प्रधानमन्त्री दाहालले भने, ‘यो भ्रमण मैले जे भनेर गएको थिएँ, मूलभूत रुपमा मैले सोचेको कुरा पूरा भएको छ । केही महत्वपूर्ण दूरगामी समझदारी भएका छन् । आफैंमा त्यो महत्वपूर्ण सुरुवात हो । चाहे दीर्घकालीन ऊर्जा व्यापारमा १० वर्षमा १० हजार मेगावाट भन्ने विषय होस्, हामी नेपालीहरुले सुरुदेखि नै राख्दै आएको कुरा थियो,ु दाहालले भने, ुयसपटक त्यसमा सहमति बन्यो । प्रधानमन्त्री मोदीले आफैंले यो सम्पन्न भएको घोषणा गर्नु महत्वपूर्ण छ ।’
प्रधानमन्त्री दहालले काठमाडौंमा पर्किएपछि पत्रकारहरुसँग कुरा गर्दै भने, ‘भारतीय प्रधानमन्त्रीसँग खुलेर यसको समाधान खोज्नै पर्छ नत्र भने नेपाल–भारत सम्बन्धलाई सहज हुनसक्दैन भनेको छु, उहाँले पनि समाधान खोजौं हामी पनि तयार छौं भनेर भन्नु भयो । सकारात्मक जवाफ मलाई मात्रै दिनु भएन प्रेस मिटमा तपाईंहरुले पनि सुन्नु भयो । सीमा विवादको विषयमा जे जति समस्या छन् सबैको समाधान खोज्ने प्रतिबद्धता सार्वजनिक रुपले व्यक्त भयो । हामी सधैँ नकारात्मक र आलोचक मात्रै होइनौं । हामीले समस्या समाधान खोजेका छौं, यो ठूलो कुरा भयो ।’
प्रधानमन्त्री दहाल पाँच जना मन्त्रीसहितको जमबो टोली चारदिने भ्रमका क्रममा भारत भ्रमण गएर आज स्वदेश फर्किएका हुन् । प्रधानमन्त्रीले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेट गरी नेपाल र भारतका हीतमा हुने बिभिन्न सम्झौता गरेका थिए ।