राजनीति

देउवाकै अगाडी प्रकाशमानले भनेः काँग्रेस बिधान अनुसार चलेन

२० जेठ, काठमाडौं । नेपाली कांग्रेस का नेता प्रकाश मान सिहले जनताको इच्छा, आंक्षा बमोजिमा समयलाई बुझेर पार्टीलाई अघी बढाउनु पर्ने बताएका छन् ।

आफुले पटक प–टक जोड दिँदै आयको कुरा भनेकै पार्टी विधि बिधान अनुरुप चल्नु पर्ने भन्दै जन्ता मा विधी र नियम बाट पार्टी चलेको भए त यती असन्तोष त कहिले पनि हामीले सुन्न नपर्ने बताएका छन् ।

अझैपनि पार्टीलाई स्ंस्थागत रुपमा अघि बढाउन सके अरु कुनै राजनीतिक दलले, शक्तीहरु कसैले चुनौति दिन नस्कन्ने बताएका छन् ।
उनले केन्द्रिय कार्यासमितीले गर्नु पर्ने, हाम्रो पार्टी सभापती ज्युले सम्पन्न गर्नु पर्ने, पदाधिकारी ज्युहरुले गर्नु पर्ने वोर्किंङ कमिटी ले गर्नु पर्ने सबै कामहरु समयमा पोलिटिक्ली गर्नु पर्नेमा जोड दिएका छन् । नेता सिहले आज ललितपुर जिल्लाको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रमा उक्त कुरा बताएका हुन् ।

नेपाली कांग्रेस आगामी दिनमा आउने चुनौतीहरु सशक्त रुपमा ट्याकल गर्छ भन्ने इमेज दिनु पर्ने समेत बताएका छन्।

वडाले गर्नु पर्ने काम, पालिकाले गर्नु पर्ने काम, प्रदेशले गर्नु पर्ने काम,क्षेत्रले गर्नु पर्ने काम्,जिल्लाले गर्नु पर्ने काम्, प्रदेशहरु र केन्द्र कार्यसमितिले गर्नु पर्ने बाकी काम समयमै सम्पन्न गर्ने सके कार्यकर्ता पंक्तिमा उत्साह आउने समेत बताएका छन् ।

भातृस्ंगठन देखी बिभागहरु सकेसम्म चाडो टुंगाएर सबैलाई काम दिएर आगाडी बढ्दा पार्टीलाई राम्रो हुने भएकाले यस्तर्फ संबै गम्भीरता साथ लाग्न समेत आग्रह गरेका छन् । निर्वाचित प्रतीनइधी र स्ंगठनमा लागेका साथिहरु बिच पनि न्युन्तम रुपमा सम्न्वय गर्न जरुरी रहेको समेत बताएका छन्, स्ंगठन केहि हैन भन्ने कुरा देखिएकाले यस्मा ध्यान दिन पनि जन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

नेता सिहले  पार्टी भित्र एक ले अर्को लाई दोषारोपण नगरिकन , एकले अर्कोलाई हिलो नछयापिकन्, सबै जो आफु बोल्छ्, त्यो बोले अनुसार  गरेर देखाउनु पर्ने समेत बताएका छन्  ।  खाली बोल्ने यो अरुलाई लागु गर्नुपर्छ भन्ने, बोल्नेहरुले केहि गर्नु नपर्ने हो भने पार्टी कसरी चल्छ्, भन्दै प्रस्न गरेका छन् । सबैले  ठण्डा दिमाख्ले सोच्नु पर्ने बेला आयको भन्दै , डेमोक्रेसी नै रहेन भने के गर्ने ?   पार्टिलाई जोगाएर डेलिभर गरेर विकास निर्माण का कुरा अघी बढाएर   जनतालाई  आसा जगायर  सबै लाग्न ढिला गर्न नहुने बताएका छन् ।