२२ जेठ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालको एक इन्चपनि भूमि बिदेशीलाई दिन नसकिने बताएका छन् ।
उनले संसदमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दहालले लिपुलेक, लिम्पीयाधुरा र कालापानीसँग भारतको कुनैपनि भूमि साट्न सकिने भन्ने भनाईमा बोल्दै भारतलाई भूमि दिने भन्ने कुराको एमालेले बिरोध गर्ने बताएक हुन् ।
उनले, ‘हामी कुनै जग्गा सट्टा भर्ना गर्ने शर्तमा राष्ट्रियता बन्धक राख्न सक्देनौं ।’ भनेका छन् ।
संसद अबरुद्धपछि बोलेका एमाले साँसद भट्टराईले सरकार लम्बसारबाद भएको आरोपसमेत लगाएका छन् ।





