राजनीति

ओली र देउवाजीलाई साँसद बैठकमा नदेख्दा राम्रो लागेनः प्रधानमन्त्री

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललेृ साँसदमा बोल्दै आज साँसदमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवालाई नदेख्दा नमिठो लागेको बताएका छन् ।
उनले, ‘सामान्यतः संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्ने भनेपछि प्रतिपक्षी र सत्तापक्षका प्रमुख नेता हुने अभ्यास छ । यहाँ प्रतिपक्षी दलको प्रमुख नेता पनि हुनुहुन्न । सत्ता गठबन्धनका नेता पनि हुनुहुन्न । अलिकति नमिठो महसुस भएको छ ।’ भनेका छन् ।
प्रधानमन्त्रीले पछि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई देखेपछि खुशी लागेकोसमेत बताए । काँग्रेस सभापति शेरबहादुर देउवा भने साँसद बैठकमा अहिलेसम्म देखिएका छैनन् ।
यसअघि बोल्दै एमाले सचिव योगेश भट्टराईले सरकारको आलोचना गरेका थिए ।