राजनीति

प्रधानमन्त्री दाहालले बङ्गलादेश मोडल आफ्नो नभएको दिए स्पष्टीकरण

२२ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले  बङ्गलादेश मोडल आफ्नो नभएको स्पष्ट पारेका छन् । 

भारत भ्रमणबारे सदनलाई  जानकारी दिँदै प्रधानमन्त्री दाहालले सीमा समस्याको स्पष्ट धारणा रहेको र भारत भ्रमणमा पनि त्यै कुरा राखेको बताए । प्रधानमन्त्री दाहालले भने, मैले कहीँ पनि विकल्प यो हुन्छ र यसमा जाऊँ भनेर प्रस्ताव गरेको छैन । प्रस्ट होस्, कहीँ कोही कन्फ्युजन नरहोस् । हामीले भनेका छौँ कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि हो, नेपालको भूमि हो भन्ने स्थापित गर्ने कुरामा म प्रस्ट छु,’ ।

भारतीय कब्जामा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको भूमि बङ्गलादेश जाने बाटोसँग साट्न सकिने कुरा  केही एमाले निकटकै बुद्धिजीवीहरूले राखेको कुरा आफूले उल्लेख गरेको तर त्यस्तो प्रस्ताव आफूले नराखेको प्रधानमन्त्रीको भनाइ थियो । नाम भन्नै पर्ने भए पनि आफूलाई अफ्ठेरो नहुने दाहालले बताए ।