राजनीति

बजेट निर्माणका बेला अनाधिकृत ब्यक्ती प्रवेशको उत्तर नआएसम्म सदन चल्न दिन्नौंः एमाले

२३ जेठ, काठमाडौं । नेकपा एमालेले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिले भूमिका विषयमा जवाफ नआएसम्म सदन चल्न नदिने नेकपा एमालेले बताएको छ ।
एमालेका सचेतक महेश बर्तौलाले बजेटका बिषयमा सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्ने बताए । उनले, ‘यस विषयमा सरकारले देश, सदन र जनताप्रति जवाफदेही भएन भने बैठक सहजताका साथ जाँदैन । यस विषयमा मन्त्रीले जवाफ नदिउन्जेलसम्म बैठक चल्दैन ।’ भनेका छन् ।
आज ११ बजे शुरु हुने भनिएको संसद बैठक नेकपा एमाले, रास्वपा र राप्रपाको अबरोध हुने देखिएपछि सुचारु हुन सकेको छैन । बजेट निर्माणका बेला एक जना पूर्व नायव सुब्बा प्रवेश गरेको भन्ने बिषय अहिले प्रतिपक्षी दलहरुले उचालिरहेको अबस्था छ ।