राजनीति

एक वर्षपछि कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

२० असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले एक वर्षपछि केन्द्रीय समिति बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय समिति बैठक हरेक दुई महिनामा बस्नपर्ने विधान भएपनि गत साउनमा बसेको बैठकपछि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन ।

बुधबार सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले २७ असारदेखि केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको कार्यबाहक मुख्य सचिव प्रदीप पराजुलीले जानकारी दिए ।