राजनीति

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : अध्यक्ष ओली

काठमाडौं, २० असार। नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने बताएका छन् । अध्यक्ष ओलीले प्रतिनिधिसभा बैठकबाट बाहिरिदैं प्रधानमन्त्री दाहालले स्पष्टीकरण नभई राजीनामा नै दिनुपर्ने बताए ।

त्यस्तै, उनले राष्ट्रिय स्वाभिमान, स्वाधीनता विपरीत अभिव्यक्ति दिएका कारण प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै भने, ‘प्रधानमन्त्रीले राम्रो काम त गर्दै गर्नुभएन, नराम्रो गर्दै गर्दै आएर अब त राष्ट्रिय स्वाभिमान र स्वाधीनता आदि प्रश्नमाथि, संविधानमाथि, संसदमाथि घोर अपमान, यस्तो खालको अभिव्यक्ति दिनुभयो । जसले गर्दा उहाँले राजीनामा गर्नु आवश्यक छ ।’

ओलीले प्रधानमन्त्रीले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामा मागेका हुन् ।