समाचार

प्रधानमन्त्री दाहालको राजीनामा माग्दै एमालेद्वारा राष्ट्रियसभा अवरुद्ध

२१ असार, काठमाडौं । नेकपा (एमाले)ले बिहीबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए ।

प्रधानमन्त्री दाहालले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म सदन चल्न नदिने एमालेको अडान छ । गत सोमबार प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै अभिव्यक्ति दिएका थिए ।