प्रदेश 1

कोशी प्रदेशका मुख्यमन्त्रीको नियुक्तिविरुद्ध एमालेद्वारा सर्वोच्चमा रिट दायर

२३ असार, काठमाडौंमा । कोशी प्रदेशको नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति विरुद्ध सर्वोच्च पुगेका छन् ।

शुक्रबार कार्कीले सर्वोच्चमा रिट दायर गरेको एक नेताले जानकारी दिए । सभामुखलाई प्रयोग गरेर मुख्यमन्त्री नियुक्ति भएका कारण यो प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको एक नेताले जानकारी दिए ।

उनले भने, ‘सभामुखको समर्थनमा सरकार गठन हुँदैन, त्यसकारणले यो गलत छ ।’ सभामुखलाई छुट्टै हस्ताक्षर गर्न लगाएर मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भए । उनले शुक्रबार बिहान सपथग्रहण गरी कार्यभार सम्हालेका छन् ।