अन्तर्राष्ट्रिय

पश्चिम बङ्गालमा चुनावी हिंसा, चार जनाको मृत्यु

एजेन्सी । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा स्थानीय निर्वाचन अर्थात् पञ्चायत चुनावमा प्रतिस्पर्धी दलबीच भएका हिंसात्मक झडपमा चार जनाले ज्यान गुमाएका छन् ।

सरकारी अधिकारीहरूका अनुसार परगना, वीरभूम, दक्षिण दिनाजपुर र मुर्शिदाबादमा भएका झडमा राजनीतिक दलका कार्यकर्ताले ज्यान गुमाएका हुन् । पश्चिम बङ्गालमा भोलि शनिबार स्थानीय निर्वाचन हुँदैछ ।

एक जनाको भने घरेलु बम बनाउने क्रममा मृत्यु भएको हो । विपक्षी दलका कार्यकर्तालाई तर्साउन बम बनाइरहेका बेला त्यो विष्फोट भएको थियो । उनी कांग्रेस समर्थक थिए । प्रहरीले घटनास्थलबाट बम बनाउने सामग्री बरामद गरेको छ ।