समाचार

समाजवादी मोर्चाको पहिलो बैठक सुरु

२३ असार, काठमाडौँ । समाजवादी मोर्चाको पहिलो बैठक सुरु भएको छ । चार दल मिलेर बनेको मोर्चाको बैठक नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छन् ।