काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद् सुचारु गर्न सहमत भएको छ । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको एक अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध गर्दै आएको थियो ।
आइतबार प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संसद्को गतिरोध खोल्ने विषयमा छलफल भएको थियो ।
एमालेले सशर्त संसद् सुचारु गर्न सहमति जनाएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताएका छन् । संसद्मा प्रधानमन्त्रीको भनाई कस्तो आउँछ त्यसलाई हेरेर मात्र अर्को बैठकमा एमालेको भूमिका तय गर्ने उनले जानकारी दिए ।





