राजनीति

तरुण दलले वाईशियलजस्तो आतंक मच्चाउने, लुटपाट गर्ने काम गर्दैन, जनताको सेवा गर्छः गुरुराज घिमिरे

२५ असार, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवासँग समय माग्दा आफूहरुलाई भेट नदिएको बताएका छन् ।
काठमाडौंमा भएको नेपाली काँग्रेस जागरण अभियानलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
उनले नेपाली काँग्रेसको तरुण दलमा नबगठीत तरुण दलका सदस्यहरुलाई बधाई दिँदै बिधान मिचेर केन्द्रीय समिति बनाउनु बिधान र परम्पराको उपहास भएको बताए ।
नेता घिमिरेले कम्युनिष्टहरु मिल्न सक्ने भन्दै अहिले एउटैमात्र काठमाडौंको मेयर बालेन शाहले पार्टीहरुलाई धुरु धुरु रुवाएको बताए ।उनले आफूहरुको शेरबहादुर देउवा वा अरु कसैसँग आफुहरुको दुश्मनी नभएको भन्दै काँग्रेसभित्र भएका कामजोरीको फाईदा बालेन शाहहरुले लिएको हुँदा पार्टीभित्र आफुहरुले नेताहरुका कमजोरी हटाउँदै काँग्रेसलाई बलियो बनाउन रुपान्तरणको अभियान चलाएको बताए ।
आफुहरुले रुपान्तरण अभियान चलाउँदै जिल्ला जिल्ला जानसक्ने भन्दै अभियानले ०८४ को चुनावमा टिकट नलिने र १५ औं महाधिवेशनमा पद पनि नलिने भएपछि आफुहरुलाई कुनै स्वार्थ नभएको पुष्टी हुने बताए । पार्टीमा लटरपटर गर्ने भए पार्टी नेतृत्वका बिरुद्धमा उत्रिएर बिधानअनुसार बिशेष अधिवेशनको पक्षमा अगाडी बढ्न बाध्य हुने बताए ।
नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्षसमेत रहेका काँग्रेस युवा नेता घिमिरेले तरुण दलका नवनियुक्र सदस्यहरुले पार्टीमा नाम लेखाएँ भन्ने भन्दा पनि बिपी कोईरालाले गठन गरेको तरुण दलको भावनाअनुसार अगाडी बढ्न सल्लाहसमेत दिएका छन् ।
नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्यसमेत रहेका अभियानका बरिष्ठ नेता घिमिरेले अहिलेको राजनीतिलाई बिभिन्न कथाहरुसँग पाण्डव, कौरव, दुर्योधन, उत्तरकुमार, भीष्मपीतामह, अर्जुन, नकुल, सहदेव, युधिष्ठीर र पुराणको कुरा जोड्दै युवा र तरुणको प्रशंगको उदाहरण दिएका थिए । उनले वाईसियलको जस्तो लुटपाट गरेर, आतंक मच्चाउने, जनतालाई दुःख दिने कार्य तरुण दलले गर्न नहुने बताए ।

नेता घिमिरेले प्रजातान्त्रीक समाजबादलाई बिपी कोईरालाले अंगीकार गरेको विचारलाई गाउँ गाउँमा लानुपर्ने भन्दै २०१७ सालमा तरुण दलकै कार्यक्रमका समयमा प्रधानमन्त्री बिपी कोईराला, नेता कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंहलाई सुन्दरी-जल जेलमा लगेर ८ बर्ष थुनेको कुरा नबिर्षन ध्यानाकर्षणसमेत गरे । उनले बिश्वका धनाढ्य ब्यापरी जयाक्माले भनेका कुराहरुलाई ध्यान दिनसमेत सर्बसाधारणलाई आग्रह गरेका थिए ।

कार्यक्रममा नेताहरु मधु आचार्य, जगदीश्वरनरसिंह केसी, रञ्जित कर्ण, भूपेन्द्रजंग शाही, उज्वल बराल, क्षितिज भण्डारी, सुवास पोख्रेल, दिनेश राईलगायतका युवा नेताहरुले नेपाली काँग्रेस र तरुण दलको भबिश्यको बारेमा प्रखर अभिब्यक्ती दिएका थिए ।