समाचार

हेलिकप्टर दुर्घटना अपडेट : क्याप्टेनसहित ६ जनाकै मृत्यु

२६ असार, काठमाडौँ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका-५को लामजुरा क्षेत्रमा दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनाबाट क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् ।

हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । अहिले सबै शव संकलन भइसकेको छ ।