समाचार

मेयर बालेनलाई वारेसको सुविधा दिन सर्वोच्च अदालतद्वारा अस्वीकार

२६ असार, काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका प्रमुखलाई वारेसको सुविधा दिन अस्वीकार गरेको छ ।

अदालतको अवहेलना गरेको आरोप खेपिरहेका मेयर बालेन्द्र शाह (बालेन)ले मुद्दाको तारिख खेप्नका लागि वारेसको सुविधा मागेर सर्वोच्च अदालतमा निवेदनमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले ‘मागबमोजिम नहुने’ भनी आदेश गरेको हो ।

यो संगै मेयर शाह हरेक पटक आफैं अदालतमा उपस्थित भएर मुद्दाको तारिख लिनुपर्नेछ भने सुनुवाइका दिन अदालतमा अनिवार्य उपस्थित हुनुपर्नेछ ।