राजनीति

राप्रपाको महिला विभाग उप-प्रमुखमा रेखा थापा

२६ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नायिका रेखा थापालाई महिला विभाग उप-प्रमुख पदमा मनोनयन गरेको छ ।

राप्रपामा कार्यसम्पादन समिति ससदस्य समेत रहेका रेखालाई पार्टी अध्‍यक्ष राजेन्द्र लिङ्गदेनले पार्टीको विधान बमोजिम महिला विभाग उप-प्रमुख पदमा मनोनित गरेका हुन् ।