समाचार

हेलिकप्टर दुर्घटनाबाट मृत्यु भएका सबै शव काठमाडौं ल्याइयो

२६ असार, काठमाडौं । मंगलवार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा मृत्यु भएका सबै जनाको शव काठमाडौं ल्याइएको छ ।

प्रहरीका अनुसार हेलिकप्टर दुर्घटनामा एक चालक र ५ जना यात्रुको शव काठमाडौं शिक्षण अस्पतालमा लगिएको छ । यात्रु सबै मेक्सिकन नागरिक हुन् ।