समाचार

हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न सरकारले बनायो समिति

२६ असार, काठमाडौं । सरकारले मंगलवार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ।

मंगलबार बसेको मन्त्रीपरिषद बैठकले हेलिकप्टर दुर्घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिए ।