समाचार

ललिता निवास प्रकरण : भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक पक्राउ

२६ असार, काठमाडौं । ललिता निवास प्रकरणमा मुछिएका भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले मंगलबार श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार श्रेष्ठ २०६० सालमा भूमीसुधार विभागका महानिर्देशक हुँदा ललिता निवासको केही जग्गा हालसाविक गर्ने नाममा राणा परिवारको नाममा दर्ता गर्ने निर्णय भएको थियो । त्यो काममा संलग्न भएको आरोप श्रेष्ठमाथि लागेको छ ।