राजनीति

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, दिउँसो २ बजे अन्त्येस्टी गर्ने निर्णय

२७ असािर, काठमाडौं । नेकपा माओवादी केन्द्रका सल्लाहकार एवं पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवनसंगिनी सीता दाहालको आज बिहान निधन भएके छ ।
उनको आज बिहान ८ः३३ बजे असामयिक निधन भएको माओबाादी केन्द्रको सचिवालयले जनाएको छ ।
मृतक सीता दहालको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने सचिवालयले जानकारी दिएको छ । ।
लामो समयदेखी रोगले ग्रस्त दहालको आज बिहान निधन भएको छ । केही बर्ष अघीमात्र बियोगान्त पुत्र बियोगको तनाव भोगेका प्रधानमन्त्री दाहालले आज पत्नि बियोग भोगेका छन् ।