समाचार

कोशी प्रदेश : समर्थन, दाबीका सक्कल कागजात झिकाउन सर्वोच्चको आदेश

२७ असार, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ ।

सभामुख बाबुराम गौतमको समेत समर्थनबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि एमालेले उक्त नियुक्ति संविधान विपरीत भएको भन्दै दिएको रिटमा बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ ।

त्यस्तै, सर्वोच्चले थापाले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्दा बुझाएका प्रदेशसभा सदस्यहरुको समर्थन, दाबी, हस्ताक्षर लगायतका कागजात र प्रदेश प्रमुख परशुराम खापुङले गरेको नियुक्तिको निर्णयको सक्कल साउन ३ गतेभित्र झिकाउन आदेश दिएको छ ।