२९ असार, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वमा शुक्रबार बसेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ ।
बैठकपछि महासचिव पोखरेलले भने, ‘यसपटक खासै धेरै र महत्वपुर्ण एजेण्डा छैनन् । नेताहरुको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक राजनीतिक प्रस्तावमाथिको छलफल सचिवालयका एजेण्डा तय भएका छन् ।’
एमाले सचिवालय बैठक शनिबार बस्दैछ ।





