राजनीति

कोशी प्रदेश सरकार असंवैधानिक रुपमा गठन भएको भन्दै भंग गर्न माग एमालेको माग

असार ३०, काठमाडौँ । नेकपा एमालेले कोशी प्रदेशको सरकारलाई भंग गर्न माग गरेको छ । शनिबार केन्द्रीय कार्यालयमा बसेको सचिवालयको बैठकले कोशी प्रदेश सरकार असंवैधानिक रुपमा गठन भएको भन्दै भंग गर्न माग गरेको हो ।

आज बसेको बैठकले सत्ता गठबन्धन संविधानको उल्लंघन, संवैधानिक संस्थाहरुमा हस्तक्षेप गर्दै लोकतन्त्रलाई जगैदेखि खलबल्याउने काममा उद्दत रहेको निष्कर्ष निकालेको एमाले महासचिव शंकर पोखरेलले बताए ।

कोशी प्रदेशसभामा सत्ता पक्षबाट गरिएको संविधान धी क्रियाकलाप यस शृङ्खलाको पछिल्लो कडीका रुपमा रहेको महासचिव पोखरेलले बताए ।