राजनीति

राष्ट्रपति पौडेलद्वारा बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

३१ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै बजेटसँग सम्बन्धित तीनवटै विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति पौडेलले आइतबार विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।