राजनीति

नेकपा एमाले संसदीय विभागमा १३ सदस्य मनोनीत

३१ असार, काठमाडौं । नेकपा एमालेलेले संसदीय विभागमा १३ सदस्य मनोनीत गरेको छ । विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको सिफारिसमा शनिबार बसेको सचिवालय बैठकले १३ जनालाई सदस्य मनोनीत गरेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।

मनोनीत सदस्यमा लिलानाथ श्रेष्ठ (सिराहा), भगवती चौधरी (सुनसरी), पदम गिरी (पर्वत), विद्या भट्टराई (कास्की), ज्वाला साह (बारा), ठाकुर गैरे (पाल्पा), बलराम अधिकारी (कपिलवस्तु), चन्द्रबहादुर विश्वकर्मा (पश्चिम रुकुम), सुनिता बराल (झापा), महेश बर्तौला (मकवानपुर), तारा लामा तामाङ (कञ्चनपुर), अम्मरबहादुर रायमाझी (उदयपुर) र किरणकुमार साह (रौतहट) रहेका छन् ।