राजनीति

रास्वपा र राप्रपाले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

असार ३०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले प्रतिनिधिसभा बैठक अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० निर्णयार्थ नियमावलीको प्रक्रियामाथि प्रश्न उठाउँदै रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठक अवरोध गरेका हुन् ।सभामुख देवराज घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिए ।

त्यसपछि रास्वपा र राप्रपाका सांसदहरूले अवरोध गरेका हुन् ।