समाचार

स्थानिय बासिन्दाले महानगरको फोहोर बिसर्जनमा रोक लगायो

१ साउन, काठमाडौं । स्थानिय बासिन्दाले काठमाडौँ महानगरको फोहोर बिसर्जनमा रोक लगाएका छन्।
सहमति भएअनुसार काठमाडौं महानगरले एक वर्ष पुरा हुँदा पनि कार्यान्वयन नगरेकाले नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका स्थानीयले फोहोर विसर्जन गर्न रोक लगाएका छन् ।

सोमबार बिहान फोहोर बोकेर ल्याण्डफिल्ड साइटमा जाँदै गरेका ५० वटा गाडीहरु स्थानीले बन्चरेडाँडा र सिसडोलको बिचमा रोकेको कामपाका ल्याण्डफिल्ड साइट इन्चार्ज सरकारदीप श्रेष्ठले जानकारी दिएका छन् ।

महानगरले सहमतिका नाममा आफूहरुलाई पटक-पटक झुक्याइएको आरोप स्थानिय बासिन्दाले लगाएका छन् ।