राजनीति

रास्वपा सांसद अर्याललाई ज्यान मार्ने धम्की दिएका कालीकोटे पक्राउ

१ साउन, काठमाडौं । ज्यान मार्ने धम्की दिएको आरोपमा विजय कालीकोटेलार्ई प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई ज्यान मार्ने आशयको धम्की दिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनले असार १९ गते दिउँसो १ः२६ बजे मोवाइलमा म्यासेज पठाएर उपसभापति अर्याललाई ज्यान मार्ने आशयको धम्की दिएको काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।