राजनीति

केन्द्रीय समितिको बैठक लाइभ गर्ने सभापति देउवाको प्रस्ताव

१ साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक लाइभ गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठकका एजेण्डा तय गर्न धुम्बाराहीस्थित आफ्नो निवासमा बोलाइएको वर्तमान र पूर्व छलफलमा केन्द्रीय समितिको बैठक लाइभ गर्ने प्रस्ताव गरेका हुन् ।

बैठकपछि पत्रकारहरुसँग बोल्दै महामन्त्री विश्वप्रकाश शर्माले सभापतिले केन्द्रीय समितिको बैठक लाइभ गर्न प्रस्ताव गरेको बताए । यसमा फरक-फरक विचार बैठकमा आएको महामन्त्री शर्माले बताए ।

उक्त बैठकमा नौ वटा एजेण्डामाथि छलफल हुने तय भएको उनले बताए । समसामयिक, नीति महाधिवेशन, अनुशासनको विषय, लगायतमा छलफल हुने महामन्त्री शर्माले जानकारी दिए । कांग्रेस केन्द्रीय समिति बैठक भोलि साउन २ गते बस्दै छ ।