राजनीति

कांग्रेस वरिष्ठ नेतामा गोपालमान श्रेष्ठको दाबी

२ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीको आफूलाई वरिष्ठ नेता बनाउन दबाव दिएका छन् ।

पार्टी केन्द्रीय कार्यसमितिको बैठक अगाडि नेता श्रेष्ठले आफूलाई वरिष्ठ नेता बनाउन दबाव बढाएका हुन् । सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि वरिष्ठ नेता तोकेका छैनन् ।

सभापति देउवाले अघिल्लो कार्याकालमै वरिष्ठ नेता बनाउने आश्वासन दिएपनि पूरा नभएको समेत नेता श्रेष्ठको गुनासो छ ।