राजनीति

कांग्रेस विधान विपरीत : प्रदेश सभापति

३ साउन, काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य जीवन बहादुर शाहीले अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले विधान विपरीत कार्य गरेको आरोप लगाएका छन् ।

मंगलबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठककोमा बोल्दै शाहीले अनुशासन समितिका संयोजकलाई एकल निर्णय गर्ने अधिकार कसले दियो भनि प्रश्न गरेका हुन ।

उनले भने “विधानको धाराले स्वत: निस्कासित हुने व्यवस्थामा विपरीत संयोजकले एकल निर्णय गर्नुभयो।”

अनुशासन समितिका संयोजक ढुङ्गानालाई विधानको काम, कर्तव्य र अधिकार हेर्न प्रदेश सभापति शाहीले सुझाव दिए ।