राजनीति

महामन्त्रीद्वय गगन र विश्वप्रकाशको विकल्प खोज्नुपर्ने हुन सक्छ : नेतृ खतिवडा

३ साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विकल्प खोज्न सकिने विषय उठेको छ।

पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वयको विकल्प खोज्न सकिने बताएकी हुन् । त्यस्तै, उनले महामन्त्रीद्वयलाई दायरा फराकिलो बनाउन आग्रह गरिन् ।

“दुई जना नै महामन्त्रीलाई विनम्रतापूर्वक आग्रह छ, कांग्रेस बलियो बनाउन कांग्रेसलाई एक ढिक्का बनाएर सही रोडम्याममा लैजाने उद्देश्यका साथ तपाईंहरु हामी सबैको नेतृत्व लिने गरी अगाडि बढ्नु होला”, खतिवडाले अघि भने ।

सभापति संस्था भएकोले सभापति बाहेक हामी मात्रै असल हौं भन्ने दाबी हास्यापद भएको भन्दै उनले भने, “तपाईंहरुले दायरा फराकिलो बनाउनु भएन भने जसरी तपाईंहरु अरु कसैको विकल्प खोज्छौं भन्दै हुनुहुन्छ। तपाईंहरुको विकल्प पनि हामीहरुले खोज्ने विकल्प नआओस् ।’”