राजनीति

‘खाँण पक्राउ पर्दा गृहमन्त्रीलाई धन्यवाद, त्यस्तै अभियोग लागेका आरजुबारेमा भने केहि नबोल्ने ?’

३ साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा आफ्नै पार्टीका नेताहरुले गृहमन्त्रीलाई भेटेर धन्यवाद दिएकोप्रति आपत्ति जनाएकी छन् ।

पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै सदस्य खतिवडाले खाँण पक्राउ पर्दा आफ्नै पार्टीका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई किन धन्यवाद दिन पुग्नुभयो ? भन्दै प्रश्न गरेकी छन् ।

उनले अघि भनेकी छन्, ‘कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ । किन धन्यवाद दिन पुग्नुभयो ? थाहा छैन । के कारणले पुग्नुभयो, थाहा छैन ।’

उनले सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई लक्षित गर्दै त्यस्तै अभियोग लागेको अर्को अमूक पार्टीको नेताका बारेमा भने उनीहरु नबोलेको बताइन् । ‘तातो पानीले भरिएको डेक्चीको पानी खनिँदा सबैलाई पोल्छ, त्यो पनि विचार पुर्‍याउनुहोला,’ खतिवडाले भनिन् ।