४ साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य तारामान गुरुङले संघीयताको पुनविचारको विषयमा कुरा उठाएका छन् । प्रदेश सरकार र सांसदलाई नागरिक तहबाट मन नपराएकाले यस विषयमा पार्टीले सोच्नु पर्ने उनले बताएका हुन् ।
उनले अघि भने, ‘प्रदेशको सरकार र सांसद गाउँ गाउँ र घर घरमा मन पराइएको छैन । रुचाइएको छैन ।’ संविधानको धारालाई परिवर्तन गर्नुपर्ने हो वा के गर्नुपर्ने पार्टीमा छलफल हुनुपर्ने गुरुङले बताए ।




