राजनीति

महामन्त्रीको प्रस्ताव राजनीतिक दस्तावेज भएन, यसरी पार्टी बलियो हुन्नः डा आरजु देउवा

५ साउन, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा आरजु राण देउवाले महामन्त्री गगन कुमार थापाको प्रतिबेदन राजनीतिक दस्ताबेद भएको बताएकी छन् ।
उनले पार्टीमा नम्बर बढाएर केहीपनि नहुने बताएकी छन् । उनले क्रियाशील दिनुभन्दा अगाडी एउटा ओरियन्टेशन दिएरमात्र पार्टीको सदस्यता दिनुपर्ने, आफ्नै पार्टीका नेतालाई खुल्ला रुपमा बिरोध गर्ने कार्य गर्नुपर्ने, विचारको पछि लाग्नुपर्ने तथा तेस्रो कुरा गर्दा निर्बाचन आयोगले ३३ प्रतिशत महिलालाई प्रत्यक्ष निर्बाचनमा लडाउनुपर्ने नियम भएपनि आरक्षणलाई दह्रो रुपमा उठाउनुपर्ने बताईन् । उनले पार्टीमा एकदमै जुनियर नेताहरु आउने सम्भावना रहेको भन्दै एकपटक भन्दा बढी सभानुपातिकमा बस्ने नियम राम्रो भएको बताईन् ।
उनले पार्टी र सरकारबीच खाडल भयो भन्ने कुरालाई ध्यान दिँदै सोसियल मिडियामा परेको पार्टीको इम्प्याक्टलाई मध्यनजर गर्नुपर्ने बताएकी छन् । सबै युवाहरु बिदेश गएको कुरा आएपनि कसैका छोराछोरी किन बिदेश गएभन्ने कुरा खोज गरेर नेपालमै बस्ने वातावरण कसरी बनाउने भन्नेतिर ध्यानदिनुपर्ने बताईन् ।
नेपाली काँग्रेसको आजको लाईभ बेन्द्रीय समिति बैठकमा बोल्दै डा देउवाले उक्त कुरा बताएकी हुन् ।