राजनीति

भूटानी शरणार्थी र ललिता निवास काण्डमा बिष्णु पौडेल, केपी ओली, अख्तियार प्रमुखको नाम जोडिएको कुरा के हो ?: नेता बस्नेत


५ साउन, काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्य जीतजंग बस्नेतले ब्यावशाय खस्किएको अवस्था देशमा भएका बेला अर्थब्यवस्था उकास्न ध्यान दिनुपर्ने अवस्था छ । दैनिक बिदेश जाने अवस्थाका नेपालीहरुलाई रोक्ने कार्यक्रम ल्याउने कि नल्याउने भन्दै कालोबजारी दैनिक बढेको अवस्थालाई ध्यान दिँदै सरकारले आफ्नो प्रभाबकारी नभएको अवस्थामा सरकारमा काँग्रेस बस्ने कि नबस्ने भन्ने प्रश्नको उत्तर आउनुपर्ने बताए ।


उनले नारायणकाजी, केपी ओलीलगायतको नाम सुन तस्करीको बिषयमा आएपनि त्यस बिषयमा छानबिन गर्नुपर्ने भन्दै आफ्नै सभापतिलाई सिध्याएर काँग्रेस बलियो नहुने भन्दै काँग्रेस अर्काको बिरोध गर्ने भन्दा पनि काँग्रेसमा एकढिक्का भएर आर्थिक उन्नतीमा लाग्नुपर्ने बेला आएको बताए । उनले नेताले रोग, शोक, भोकसँग लड्नसक्ने नेता चाहियो भन्दै राजनेता बन्ने भन्दा मन्त्री, साँसद, पदका लाग्नेको भीड बढ्यो भन्दै देश विकासको मुख्य भनेको काँग्रेस नै भएको बताए ।


उनले काँग्रेसको नेताको बिषयमा चै भूटानी शरणार्थी वा ललिता निवासका बिषयमा चर्को आवाजमा बोल्ने तर बिष्णु पौडेल वा अख्तियार प्रमुखको बिषयमा चैं नबोल्ने भन्दै पार्टी बलियो बनाउन सबै लाग्नुपर्ने बेला आएको बताए ।


तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष बस्नेतले आजको काँग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै उक्त कुरा बताएका हुन् ।