राजनीति

सबै वडा तहसम्म समाजबाद लागू गरे आउँदो चुनाबमा काँग्रेस बलियो हुन्छः नेता ढुंगाना

५ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले नयाँ पार्टी एजेण्डालेमात्र स्थापीत हुँदै गएका हुन् त? भन्ने प्रश्न गरेका छन् ।
उनले बिपीको समाजबादका कुरामात्र गर्ने तर लागू गर्ने बेलामा केन्द्र, प्रदेश र स्थानीय तहसँग कम्तीम काँग्रेस भएका स्थानमा समाजबाद झल्किनेखाल्का काम गर्ने कि नगर्ने भन्ने कुरा महत्वपूर्ण हुनुपर्ने बताएका छन् ।
उनले जनप्रतिनिधिलाई पुरस्कृत र दण्डीत दुबै गर्ने परम्परा राख्नुपर्ने उनले बताए । पार्टीभित्र रुपान्तरण जरुरी भएको भन्दै पार्टी सभापतिलाई गाली गरेरमात्र पार्टी रुपान्तरण हुन्छ भन्ने कुरा भनेको भ्रममात्र भएको बताए ।

युवाहरुको बिदेश पलायल दैनिक बढ्दो छ, रोक्नुपर्नेछ, जनताका घरमा चुलो बाल्न गाह्रो भएको छ त्यसलाई कसरी सम्बोधन गर्ने, भ्रष्टाचारीलाई काडा कारबाही गर्ने कानून ल्याउने कि नल्याउने भन्ने कुरा महत्वपूर्ण रुपमा काम गरेमा काँग्रेस २०८४ सालमा निश्चय नै पार्टी बलियो हुन्छ ।

उनले जिल्ला जिल्लामा रुपान्तरणका नाममा रुपान्तरण अभियान चलाउँदै सभापति शेरबहादुर देउवालाई खुईल्याउन पाए स्थापीत हुइन्छ भन्दै जिल्ला जिल्लामा संचालिन रुपान्तरण अभियानका कार्यक्रमहरु बन्द गर्नुपर्ने बताएका छन् । नेपाल बिद्यार्थी संघका पुर्व केन्द्रीय अध्यक्षसमेत रहेका ढुंगानाले पार्टीलाई समाजबादको खास भावनामा ढाल्नुपर्ने बिचार राखेका छन् ।