राजनीति

केन्द्रीय समिति बैठकमा नेता कार्कीको प्रस्तावः २०८४ सालको निर्बाचनमा १६५ वटै क्षेत्र जित्न आजैदेखी सबै नेता/कार्यकर्ता लागौं

५ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले काम कुरो एकातिर कुँम्लो बोकी ठिमीतिर हुनु नहुने बताएका छन् ।
उनले आजको केन्द्रीय समिति बैठकमा बोल्दै सभापति बदल्ने भन्दापनि काँग्रेस बलियो बनाउने कार्यमा सबै लाग्नुपर्ने आवश्यक्ता भएको बताए ।
उनले काँग्रेसको सभापति भनेको संस्था भएको भन्दै गणेशमान सिंहलदे प्राप्त गरेको प्रधानमन्त्री पद त्यागेको उदाहरण दिँदै सभापतिको नेतृत्वमा प्रदेश, स्थानीय तहमा काँग्रेस बलियो भएको नबिर्षन भन्दै त्यसका लागि सबैले सोच्नुपर्ने बताए ।
उनले २०८४ सालमा काँग्रेस नेतृत्वमा सरकार बनाउने अभिभार भएको भन्दै १६५ वटै निर्बाचन क्षेत्रमा आजका दिनदेखी नै धयान दिनुपर्ने आवश्यक्ता भएको भन्दै आपफुले चाकारीको भाषा नबोलेको बताए ।
उनले बिभिन्न तीता कुरा बिर्षेर सभापतिजीलाई २४६ सालदेखी ३० वटा सरकार बनेको भन्दै सभापतिले फरक अग्रसरता कायम गर्दै सबै दललाई राष्ट्रिय सहमतीका लागि पहल गर्नुपर्ने बताएका छन् । उनले २०४८ सालदेखी गरेको काँग्रेसको विकासक्रमलाई धयान दिनुपर्ने बताए । उनले नेता हुन सबैलाई रहर भएको भन्दै अमेरीकाका राष्ट्रपति बाराक ओबामा ४२ बर्षमा राष्ट्रपति भएको उदाहरण दिँदादिँदै सभापति देउवाले उनको माईक समय सकिएको भन्दै काटेका थिए । याले पुरानो काँग्रेसले जितेका क्षेत्र जोगाउँदै नयाँमा पनि बिजय हाँसिल गर्नुपर्ने बताएका छन् ।