राजनीति

कांग्रेस बैठकमा जीतजंगले भने- गृहमन्त्रीको राजीनामा माग्न जाऔं

५ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्न जाऔं भन्दै आग्रह गरेका छन्।

केन्द्रीय समितिको बैठकमा बोल्दै नेता बस्नेतले सुन प्रकरणमा गृहमन्त्री श्रेष्ठको समेत नाम मुछिएको भन्दै भनेका छन्, ‘केही साथीहरु गृहमन्त्रीकहाँ जानुभएको थियो । आज जाऔं न, गृहमन्त्रीको नाम आएको छ । म पनि जान्छु । उहाँको राजीनामा माग्न जाऔं ।’

त्यस्तै, उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता कृष्णबहादुर महराको नाम आएको बताएका छन् । पार्टीभित्र सभापति र आफ्नै नेताहरुलाई खुइल्याएर आफू ठूलो हुने प्रवृत्ति रहेको उनले बताए ।