प्रदेश 1

धरानमा गोली हानी २८ वर्षीय चौधरीको हत्या

५ साउन, धरान । धरानको सडकखण्डमा गोली हानी विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको छ ।

प्रहरीका अनुसार शुक्रबार बेलुका धरान- इटहरी सडक खण्डको सेउती पुल नजिकै मूलघाटबाट विराटनगर जादै गरेका चौधरीको दाहिने कोखमा गोली लागेको थियो ।

त्यस्तै, उनको साथमा भएको रकम र मोबाइल पनि लुटिएको प्रहरीले जनाएको छ । चौधरीको उपचारका क्रममा विपि प्रतिष्ठानमा चोधरीको मृत्यु भएको हो ।