राजनीति

बिपीको साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्छ : अर्थमन्त्री डा. महत

६ साउन, काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँगाउँसम्म पु¥याउनुपर्ने बताएका छन् । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले पार्टीले बिपी कोइरालाको साहित्य क्षेत्रलाई छपाएर गाउँगाउँसम्म पु¥याउनुपर्ने उल्लेख गरे ।

“थोरै साक्षरतादर भएको समयमा बिपी कोइरालाले साहित्य सिर्जना गर्नुभएको थियो, त्यसलाई छपाएर गाउँगाउँमा लैजान सके युवा पुस्ताले बिपीको साहित्यबाट प्रेरणा लिन सक्थे”, उनले भने । अर्थमन्त्री डा. महतले पार्टीभित्र एक अर्काप्रति गालीगलौजको संस्कार विकशित भएको उल्लेख गर्दै उक्त संस्कारले पार्टी अगाडि बढ्न नसक्ने धारणा राखे ।

पार्टी प्रवक्ता डा. महतले कांग्रेसले गरेका राम्रा कामलाई आमजनतासम्म पु¥याउन नसकेको बताए । “प्रजातान्त्रिक समाजवादको लक्ष्य लिएर अगाडि बढ्नुभएका बिपी लोेकतान्त्रिक मूल्यमान्यताका आधारमा समतामूलक समाज निर्माण हुने कल्पनाका साथ अगाडि बढ्नुभएको थियो”, उनले भने ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बिपी कोइराला प्रधानमन्त्री भएर १७ महिनामा गरेका काम आजसम्म कुनै पनि सरकारले गर्न नसकेको बताए । “आर्थिक दृष्टिकोणविना राजनीति अगाडि बढ्न सक्दैन भन्ने बिपीको विचार थियो, बिपी कोइरालाको सरकारलाई अपदस्थ नगरेको भए नेपालको धेरै आर्थिक उन्नति गथ्र्यो”, उनले भने ।

बिपी प्रधानमन्त्री भएका बेलामा छ हजार विद्यालय र विश्वविद्यालय स्थापना गर्ने लक्ष्य लिएको नेता पौडेलको भनाइ थियो । कांग्रेसले बनाउने नीति, योजना र कार्यक्रमलाई बिपी कोइरालासँग जोड्न सके मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली उनले बताए । बिपी आफ्नो लक्ष्यमा प्रष्ट भएको उनको भनाइ थियो । अठतीस राजद्रोहको मुद्दा हुँदाहुँदै नेपाल फर्कनुभएका बिपी कोइराला देशको सच्चा नेता भएको नेता पौडेलले बताए ।